गण्डकीसमाचार

राससको सम्पर्क कार्यालय दोलखामा सञ्चालन

राष्ट्रिय समाचार समिति (रासस)को नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गर्नुभएको थियो । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहनुभएको छ ।rasas

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button