गण्डकीसमाचार

बेलायतमा आगामी अप्रिल १२ सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

२४ चैत : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् ।

उनले भनेका छन् – आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।

उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसीमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।

बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।रासस

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button