गण्डकीसमाचार

चौँरी देउराली गाउँपालिकामा राष्ट्रिय परिचयपत्र अभियान

बनेपा, २४ चैत: काभ्रेको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारि क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ ।

काभ्रेको चौँरी देउराली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनसम्बन्धी कार्यका लागि स्थानीय तहसँग समन्वय र सहकार्य थालनी गरिएको छ । यसको लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लाका सुरक्षा प्रमुखसहितका टोली पुगेका छन् । राष्ट्रिय परिचयपत्र र यसको महत्वका बारेमा प्रजिअ पोखरेलले सहजीकरण गरेका थिए । उनले सुशासन र पारदर्शीको लागि सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको कारण अभियानमा सहभागिताको आम नागरिकलाई आग्रह गरे ।

चौँरी देउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको विधिमार्फत जनतासँग जोड्न खोजेको बताउँदै निर्धारित समयभित्र कार्य सम्पन्न गर्न कर्मचारीलाई आग्रह गरे । “अहिले सञ्चालन हुने अभियानमा कर्मचारी संवेदनशील र तदारुकता भएर काम गर्न आवश्यक छ ।” उनले भने, “राज्यले नयाँ खालको विधिलाई अगाडि सारेकोले त्यसमा सहभागिता जनाएर अयिभान सफल बनाउन लाग्नु सबैको दायित्व हो ।”

सो क्षेत्रमा अब छिट्टै राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने काम शुरु गर्ने जनाएको छ । यसको लागि तयारीका क्रममा भएको छलफलमा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाईं, जिल्ला समन्वय अधिकारी केशव रिजाल, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी महेश केसी, जिल्ला सरकारी कार्यालयका वकिल चन्द्रकुमार पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, सबै वडाका वडा अध्यक्षको सहभागिता रहेको थियो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button