गण्डकीसमाचार

चार लाख घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो ।

आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button