गण्डकीसमाचार

कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने बताउनुभएको छ ।

गृह जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने र यसका लागि इजरायली प्रविधि विस्तार गर्न आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार लागेको बताउनुभयो ।

इजरायली प्रविधिको प्रयोग गर्दै कृषिमा यान्त्रिकरण, आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा गुरुङले जोड दिनुभयो ।

त्यस्तै, प्रदेश सरकारले जनताका लागि विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई विषेश प्राथमिकतामा राख्दै अघि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button