गण्डकीसमाचार

भारतमा कोरोनाबाट २४ घन्टामा थप ९७ हजार सङ्क्रमित, ४४६ जनाको निधन

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button