गण्डकी खबर । बालिकालाई बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पन्ध्र वर्षीय नाबालिकालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ -९ घर भई पोखरा -४ गणेश टोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
डिएसपी सुबास हमालका अनुसार घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई जबरजस्ती बलात्कार गरेको भन्ने जाहेरीको आधारमा श्रेष्ठलाई शनिबार गणेश टोलबाटै पक्राउ गरिएको हो ।
श्रेष्ठलाई जबरजस्ती करणी उद्योग मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।