गण्डकीसमाचार

पँधेरा गएकी बालिकालाई बलात्कार गरेको अभियोगमा कास्कीका परियार पक्राउ

गण्डकी खबर । बालिकालाई बलात्कार गरी भागेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

अठार वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा कास्की मादी गाउँपालिका १ सिक्लेसका २९ वर्षीय गम बहादुर परियारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

डिएसपी सुबास हमालका अनुसार धारामा पानी भर्न जाने क्रममा डर त्रास र धम्की दिई जबरजस्ती बलात्कार गरेको भन्ने सूचनाको आधारमा परियारलाई सिक्लेसबाट चैत २५ गते पक्राउ गरिएको हो ।

परियारलाई जबरजस्ती करणी उद्योग मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button