गण्डकीसमाचार

कास्की र बागलुङ अति प्रभावित क्षेत्र, बालबालिकालाई विद्यालय नपठाउन मन्त्रालयको अपील

गण्डकी खबर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशका कास्की र बागलुङ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्रमा  वर्गीकरण गरेको छ ।

कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै  मन्त्रालयले बिहीबार प्रदेशका २ जिल्लासहित काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, चितवन, बाँके, पर्सा,  कैलाली, मोरङ, दाङ, सुर्खेत र  बारा गरी १४ जिल्लालाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

मन्त्रालयले अति प्रभावितमा भनि वर्गीकरण गरेका यी  क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । मन्त्रालयको  स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ , ‘बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु।’

मन्त्रालयले  सबै अस्पतालहरुलाई अनिर्वाय रुपमा  फिवर क्लिनिक  सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेडहरु  कोभिड-१९ का संक्रमितका व्यवस्थापन गर्न  छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन पनि दिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button