गण्डकीसमाचार

मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन जना पक्राउ

गण्डकी खबर ।  मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरुलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिनुभयो ।पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button