गण्डकीसमाचार

बागलुङमा चट्याङ पर्दा ४ महिला घाइते, दुई तले घर भत्कियो

गण्डकी खबर । बागलुङमा वर्षासहितको चट्याङका कारण चार जना महिला घाइते भएका छन् ।

बागलुङको जैमिनी नगरपालिका -२ दमेक टापुमा शुक्रबार बेलुका वर्षासहित चट्याङ पर्दा स्थानीय २० वर्षीया संगीता परियार, ४२ वर्षीया लक्ष्मी सुनार, ४४ वर्षीया कुसुम परियार र ५० वर्षीया नन्द कुमारी सापकोटा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

वर्षासहितको चट्याङका कारण दमेकका तुल बहादुर सेन ठकुरीको २ तले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button