गण्डकीसमाचार

पोखरामा आज ५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

गण्डकी खबर । पोखरासहित कास्कीमा आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुने विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जानकारी गराएको छ ।

विद्युत् केन्द्रले सूचना जारी गरेर सो बारेमा जानकारी गराएको हो । वैशाख ५ गते आइतबार पोखरा ग्रिड सवस्टेशनमा मर्मत कार्य हुने भएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने छ ।

केन्द्रले बिहान ७ बजे देखी दिउसो १ बजे सम्म कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

मर्मत कार्य तोकिएको समयावधि भन्दा अगावै सकिएमा विद्युत् आपूर्ति नियमित हुने सूचनामा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button