गण्डकीसमाचार

पोखरामा साथीहरुसंग क्याम्प पुगेका घले मृत फेला

गण्डकी खबर । पोखरा महानगरपालिका वडा नं. २७ को क्याम्पमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार आफ्ना साथीहरुसहित दीपाङ् एडभेन्चर क्याम्पमा पुगेका पोखरा महानगरपालिका १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले बताउनुभयो ।

शुक्रबार राती ८ बजे सात जना साथिसहित क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेका हुन् । डिएसपी हमालका अनुसार शनिबार अवेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस रहेका उनको मृत्यु भएको भनि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button