गण्डकी खबर । गण्डकी प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको बैठकले चैते दशैंको अवसरमा वैशाख ७ गते बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले उल्लेख गर्नुभएको छ ।
चैते दशैंसँगै प्रदेश सरकारले २०७८ सालमा थप ५ दिन चाडपर्व पारेर बिदा दिने निर्णय गरेको हो ।
इदुल फित्र पर्ने दिन इद, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा बिदा दिने निर्णय भएको हो ।