गण्डकीसमाचार

तनहुँ नगरपालिकाको योजनाको म्याद थप गर्ने निर्णय

गण्डकी खबर । तनहुँकाे व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न योजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सम्झौता भई सञ्चालन भइरहेका योजनाको अन्तिम पटकका लागि म्याद थप गर्ने निर्णय भएको हो । त्यस्ता योजनाको म्याद आगामी जेठ १५ गतेसम्म थप गर्ने निर्णय गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्गलबार बसेको कार्यपालिकाको बैठकले विभिन्न नियमावली पारित एवं संशोधन गर्ने निर्णय पनि गरेको छ । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका आय ठेक्का बन्दोबस्त गर्नेसम्बन्धी नियमावली २०७८, व्यास नगरपालिका स्लेट उत्खनन् तथा कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका निर्माण व्यवसायी इजाजत पत्र नियमित गर्ने कार्यविधि २०७७ पारित गरिएको छ ।

व्यास नगरपालिका कार्यालय सङ्गठन, संरचना एवं व्यवस्थापन २०७६ लाई संशोधन प्रस्ताव पेश गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै आगामी ३५ औं नगरसभा २०७८ असार १० गते बस्ने गरी नगरसभाको आह्वान गरी वडा र नगरस्तरीय योजना छनोटको कार्यतालिका पारित गरिएको छ ।

बैठकले विद्यमान कोभिड–१९ को प्रभाव र असरलाई अध्ययन गर्दा पुन: एक पटक सम्पूर्ण नगरवासीहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थानीय वाणिज्य सङ्घ, विद्यालयका प्रधानाध्यापक, सुरक्षा एवं स्वास्थ्य संस्था, सञ्चारकर्मी, उपभोक्तालगायत विभिन्न सङ्घसंस्थाको परामर्शमा आवश्यक निर्णय लिने निर्णय बैठकले गरेको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button