गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नयाँ सक्रमितमा बागलुङका ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङजाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना र गोरखाका १ जना रहेका छन् ।
योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरर संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।