गण्डकीसमाचार

गण्डकी प्रदेशमा ८२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशमा विहिबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ३२ जनाको नमूना परिक्षण गर्दा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमित मध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका ५५ जना रहेकाछन् । त्यस्तै म्याग्दीका ११ जना छन् भने नवलपरासी पूवका ५ जना, स्याङजाका चार जना , पर्वत र तनहुँका तीन, तीन जना र लमजुङका एक जना रहेकाछन् ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ८८ पुगेको छ ।

त्यस्तै विहिवार गण्डकी प्रदेशमा २७ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् ।

हालसम्म प्रदेशभर १६ हजार ५ सय ५८ जनाले कोरोना भाइरस संक्रमण जितेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ७ सय १९ जना कोरोनाका सक्रिय केस छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीमा मृत्यु दर शुन्य रहेको छ । हालसम्म यहाँ कोरोनाका कारण २ सय ११ जनाको ज्यान गइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button