गण्डकीसमाचार

बलात्कार घटनाका अरोपित गिरफ्तार

गण्डकी खबर । २० वर्षीया युवतीलाई पुस १६ गते राति बलात्कार गरेको आरोपमा बाजुरा बुढीगंगा नगरपालिका–७ खारेखेतका ४३ वर्षीय भरतराज गिरीलाई पुस १९ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ ।

घरमा एक्लै भएको मौका छोपी आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर बलेन्द्र नाथले बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते जिल्ला अस्पताल बाजुरामा गरिएको छ । पोखरा न्यूज 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button