गण्डकीसमाचार

पोखरामा १४९ सहित गण्डकी प्रदेशमा थप ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पोखरा सहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकामा १ सय ४९ सहित गण्डकी प्रदेशमा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नयाँ सङ्क्रमित मध्ये पोखरासहित कास्कीमा सबैभन्दा धेरै १ सय ७३ जना रहेका छन् । कास्कीको मादी गाउँपालिकाका २१ जना, माछापुच्छ्रेका २ जना र रुपा गाउँपालिकाका १ जनामा कोरोना भाइरस देखिएको छ ।

त्यसै गरी स्याङजाका ४१ जना, बागलुङका ३ जना, पर्वतका ५ जना, तनहुँका ७ जना, म्याग्दीका ११ जना, गोरखाका ४६ जना , बागलुङका १४ जना नवलपरासी पूर्वका ७ जना र मुस्ताङका १ जनामा कोरोना भाइरस देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जनाउनुभएको छ ।

यो सँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५१ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button