गण्डकीसमाचार

सांसद सम्पर्कविहीन भएको भन्दै आजको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी खबर । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएको भन्दै गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको हो ।

जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले आफ्नो दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा समर्थन जनाइरहेको बेला सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबार प्रदेशसभामा पत्र दिएपछी सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको हो ।

सभामुख अधिकारीले सांसद सम्पर्कविहीन भएको भनी जनमोर्चा संसदीय दलबाट पत्र प्राप्त भएकाले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button