गण्डकीसमाचार

सम्पर्कविहीन भनिएका गण्डकी प्रदेशसभा सांसद हस्पिटल भर्ना

गण्डकी खबर । सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद खिमबिक्रम शाही चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना हुनुभएको छ ।

सांसद खिमबिक्रम शाहीका स्वकीय सचिव मीलन हमालकाअनुसार शाही आज १२ बजे अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको हो ।

हमालले सांसद शाही अहिले आफ्ना भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा रहेकोले शुभचिन्तकलाई नआतिन आग्रह गर्नुभएको छ ।

उहाँमा कुन स्वास्थ्य समस्याका कारणले अस्पताल भर्ना गरिएको हो भन्नेबारे खुलाइएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button