गण्डकीसमाचार

तनहुँमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

गण्डकी खबर । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा हिजो साँझ स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दमौलीबाट जाँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टँदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो ।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् । निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button