गण्डकीसमाचार

पोखरामा ७९ जनासहित गण्डकी प्रदेशमा ११२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकाका ७९ जनासहित प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य जिल्लाहरुमा आज संक्रमित देखिएका छन् ।

योसँगै आजसम्म प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८ हजार ३७१ जना पुगेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकाका ७९ जना, नवलपुर पूर्वका १५ जना, बाग्लुङका ४ जना, तनहुँका ५ जना र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यसैगरी स्याङ्जाका ४ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र पर्वतका १ जनामा संक्रमण देखिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button