गण्डकीसमाचार

अस्पतालकै सेटिङमा सांसद शाहीलाई आईसीयूमा राखिएको तीन दलको आरोप

गण्डकी खबर । जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ले प्रश्न उठाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार सांसद शाहीलाई अस्पतालकै ‘सेटिङ’ मा आईसीयूमा राखिएको तीन दलको आरोप छ ।

तीन दलले बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान र जसपाका हरिशरण आचार्यले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

‘सांसद शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सीसीटीभी फुटेजमा कैद दृश्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवेयरमा समेत चलखेल गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो योजनामा चरक अस्पतालसमेत संलग्न रहेको देखिन्छ ।

’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button