गण्डकीसमाचार

मुस्ताङमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

गण्डकी खबर । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज दिएको जानकारी अनुसार मुस्ताङमा उपचारको क्रममा कोरोना संक्रमणबाट एक जना महिलाको निधन भएको छ । साे जिल्लामा पहिलाे पटक काेराेनाका कारण बिरामीकाे निधन भएकाे हाे ।

जिल्लाको घरपजोेङ गाँउपालिका–४ की ७२ वर्षीय महिलाको हिजो बेलुका अस्पतालमा निधन भएको हो । उहाँको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको निर्देशनालयको भनाइ छ ।

उहाँलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा जम्मा ३३ जना काेराेना संक्रमित भएका थिए । अरु सबै संक्रमितहरु निकाे भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button