गण्डकीसमाचार

पोखरामा आइतबार थप ३१४ जनामा कोरोना पुष्टि ,कोरोना संक्रमण तिव्र रुपमा फैलिदै

गण्डकी खबर । पछिल्लो समय कास्कीको पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमण दर तिव्र रुपमा फैलिएको छ ।

आइतबार पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितमा सबैभन्दा बढी पोखरा वडा नं २ र २१ वडा रहेकाछन् । वडा नं २ मा २७ महिला र ३५ पुरुषगरी थप ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषगरी जम्मा २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । कास्कीमा हालसम्म ८ हजार ५ सय ८८ जना निको भएकाछन् भने कोरोनाका कारण १ सय २९ जनाको ज्यान गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button