गण्डकीसमाचार

कास्कीमा निषेधाज्ञा थप, अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक

गण्डकी खबर । कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि जारी निषेधाज्ञाको समय थप गरिएको छ ।

यस अघि जिल्लामा वैशाख १५ गतेबाट २१ गते राति १२ बजे सम्म खुकुलो गरी निषेध आदेश जारी भएकोमा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्दै कास्की प्रशासनले निषेधाज्ञाको अवधि थप गरेको हो ।

प्रशासनले उक्त अवधिभर अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरु संचालनमा सो अवधिभर रोक लागाईएको छ । यसअघि अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरु संचालनमा जोरबिजोर प्रणाली लागु भएको थियो ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरु, डिपार्टमेन्टल स्टोर्स (खाद्यान्न मात्र ) बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।

त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरु सञ्चालनमा रोक लगाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button