गण्डकीसमाचार

बागलुङमा गाउँ कार्यपालिका सदस्य कोरोना सङ्क्रमण बाट मृत्यु

गण्डकी खबर । बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आउनुभएकी उहाँको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उहाँको उपचार भइरहेको थियो ।

श्वासप्रश्वासकै समस्याका कारण उहाँको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँ गाउँ कार्यपालिका सदस्य हुनुहुन्थ्यो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button