गण्डकीसमाचार

लमजुङमा गरिबी तथा अशिक्षा र बेरोजगारका कारण घरेलु हिं’सा बढ्दै…

गण्डकी खबर । चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिं’सा बढ्न थालेको हो ।

चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिं’सासम्बन्धी उ’जूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ ।

गत आर्थिक वर्षमा भन्दा यस चालू आवको नौ महिनासम्ममा चारवटा घरेलु हिं’सा बढी भएको देखिन्छ । गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिं’सासम्बन्धी ६१ वटा उ’जूरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको केन्द्रको प्रमुख तथा जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक नन्दु अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीन वटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा धेरै ७९ वटा उजूरी परेको थियो । जसमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटा काम भइरहेको बताइएको छ ।

त्यस्तै, यस चालु आवको साउनदेखि चैत मसान्तसम्म प्रहरी कार्यालयमा २७ वटा ठाडो उजूरी परेको छ जसमध्ये १८ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ । गत आव २०७६÷७७ मा कार्यालयमा १८ वटा ठाडो उजूरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताउनुभयो ।

त्यस्तै, २०७५÷७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजूरीका निवेदन परेकोमा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, आव २०७४÷७५ मा ३८ वटा ठाडो उजूरी परेकोमा २९ मिलापत्र भएको र नौ वटाको काम भइरहेको छ ।

जिल्लामा घरेलु हिं’सा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिं’सामा कमी आउन नसकेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button