गण्डकीसमाचार

गण्डकी प्रदेशमा सर्वाधिक संक्रमित हुँदा मनाङमा भने शुन्य

गण्डकी खबर । गण्डकी प्रदेशमा हिजो थप १ हजार ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३ सय ३९ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोनाका संक्रमित थपिएका हुन् । यो संख्या कोरोना अवधिभरमै हालसम्मको सर्वाधिक संख्या रहेको छ ।

नयाँ संक्रमितमा कास्कीको पोखरामा ८ सय ५६ जना र पर्वतमा १ सय ६७ जना रहेकाछन् । त्यस्तै तनहुँमा ६१ जना, गोरखामा ६० जना, स्याङजामा ५९ जना र म्याग्दीमा ५६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी नवलपरासी पूर्वमा ५४ जना, बागलुङमा ५३ जना, लमजुङमा २८ जना र मुस्ताङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको २४ घण्टामा मनाङमा संक्रमितको संख्या शुन्य रहेको छ ।योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २५६ पुगेको छ ।

प्रदेशभर ८६ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म गण्डकीमा १७ हजार ३८६ संक्रमण मुक्त भएका छन् । हाल प्रदेशभर ४ हजार ६२० जना कोरोनाका सक्रिय केस छन् ।

गण्डकीमा हिजो ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।

हाल ४ हजार ४ सय ८ जना होम आइसोलेसनमा रहेकाछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button