गण्डकीसमाचार

पोखरामा विभिन्न अस्पताल उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ३ जना कोरोना संक्रमितहरुको आज मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका २ जना र पर्वतको कुश्माका १ जनाको मृत्यु भएको हो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मेडिप्लस अस्पताल पोखरमा हिजाे बेलुका निधन भएको हो । उहाँलाइै बैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला पोखरा महानगरपालिका–१३ का ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा हिजाे बेलुका मृत्यु भएको हो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा हिजाे बेलुका निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट थप ३ जनाको निधनपछि गण्डकी प्रदेशमा मृतकको संख्या २५१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button