गण्डकीसमाचार

१८७ थान अक्सिजन सिलिण्डर कास्की प्रहरीद्वारा अक्सिजन प्रा.लि लाई हस्तान्तरण

गण्डकी खबर । पाेखराका अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस् भनेर प्रहरीले सिलिण्डरहरु संकलन गरेर हस्तान्तरण गरेकाे छ ।

कास्की जिल्लाका विभिन्न मेटल कम्पनी, वर्कसप,इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी संकलन गरिएकाे छ ।

कास्की प्रहरी र मातहतका प्रहरी कार्यालय समेतबाट संकलन गरी हाललाई कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी प्रा. लीलाई  हस्तान्तरण गरिएको जनाइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button