गण्डकी खबर । पोखरामा उपचारको क्रममा थप ९ जना कोरोना संक्रमितहरुको निधन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा उहाँहरुको निधन भएको हो ।
कास्की पोखरा–१७ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २० गते संक्रमण देखिएकाे थियाे ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुषको हिजो बेलुका निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण देखिएकाे थियाे ।
स्याङ्जाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय संक्रमित पुरुषको हिजो दिउसो निधन भएको हो । उहाँकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २१ गते संक्रमण देखिएकाे थियाे ।
पोखरा–९ का ३१ वर्षीय कोरोना संक्रमित महिलाको गएराति निधन भएको हो । उहाँकाे मेडिप्लस अस्पता पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख १८ गते संक्रमण देखिएकाे थियाे ।
म्याग्दीको मालिका गाँउपालिका–५ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको अस्ति बेलुका निधन भएको हो । उहाँकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख १८ गते संक्रमण देखिएकाे थियाे ।
स्याङ्जाको गल्याङ नगरपालिका–३ की ६० वर्षीय कोरोना संक्रमित महिलाको हिजो बिहान निधन भएको हो । उहाँकाे चरक मेमाेरिय अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २० गते संक्रमण देखिएकाे थियाे ।
पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको अस्ति बेलुका निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण देखिएकाे थियाे ।
पोखरा–२७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बिहान निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण देखिएकाे थियाे ।
पोखरा–१९ का ५८ वर्षी पुरुषको हिजो निधन भएको हो । उहाँकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण देखिएकाे थियाे ।
थप ९ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६० पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।