गण्डकीसमाचार

म्याग्दीमा वेपत्ता युवाको शव ओडारमा भेटियो

गण्डकी खबर । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा श.व फेला परेको छ ।

यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार श.व फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घ.टनास्थल पुगेर अ.नुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा श.व भेटिएकाले कसैले ह.त्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

टाउको र कुम देखिएको अवस्थामा भेटिएको श.व स.डेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन्् । मृ.तकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अ.नुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई ब.ला.त्कार भएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले ब.ला.त्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

विजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अ.नुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

देवीस्थानमा एकै दिन दुई वटा अ.पराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । बलात्कारको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् ।

दुवै घ.टनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button