गण्डकीसमाचार

नवलपरासीमा थप ८६ जनामा कोरोना संक्रमण

गण्डकी खबर । गण्डकी प्रदेशको नवलपरासी पूर्वमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु अस्पताल नवलपरासी पूर्वमा गरिएको परिक्षणमा थप ८६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । जिल्लामा हालसम्म २३ सय ४७ जना कोरोना मुक्त भएका छन् भने २२ जनाको संक्रमणबाट ज्यान गएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१५ पुगेको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेका संख्या २ सय ६५ पुगेको छ ।

हाल प्रदेशभर ५ हजार २०१ जना कोरोनाका सक्रिय विरामी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button