गण्डकीसमाचार

गण्डकीमा जनमोर्चाका नेता कृष्ण थापाले कांग्रेस नेतृत्वकाे गठबन्धनलाई समर्थन नगर्ने निर्णय

गण्डकी खबर । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको भविष्य निर्धारण गर्ने पार्टी राष्ट्रिय जनमोर्चा प्रदेश सदस्यहरुको मत विभाजन भएको छ । तीन जना सांसद रहेकोमा उहाँहरुको मत बाँडिने छ ।

प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे गठवन्धनको सरकारलाई समर्थन नगर्ने हुनुभएको छ । उहाँको यो निर्णयसँगै चार दलीय गठबन्धनको सरकार बन्ने सम्भावना न्युन भएको छ ।

वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख सीता पौडेलले दलहरुलाई ३ दिनको समय दिदै बहुमतको सरकार गठनका लागि आह्रवान गर्नुभएको थियो ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गर्नुभएकाे थियाे ।

कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । बहुमतका लागि जनमोर्चाको तीन प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गर्नुभएकाे थियाे ।

तर प्रदेशसभा संसदीय दलका नेता थापाले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख पौडेलले आह्वान गरेको तीन दिनभित्र नेपालको संविधानको धारा १६८ (२) अनुसार गण्डकीमा नयाँ सरकार नबने नेकपा एमालेका गुरुङ संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नुहुनेछ ।

तर ३० दिनभित्र उहाँले विश्वासको मत लिनुपर्ने हुन्छ ।

pokharanews बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button