गण्डकी खबर । कास्कीमा २ सय १० सहित गण्डकी प्रदेशमा थप ५ सय ६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३ जनाको नमूना परिक्षण गर्दा प्रदेशका ९ जिल्लामा गरी थप ५ सय ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितमा कास्कीमा २ सय १० जना, बागलुङमा १ सय ९९ जना, नवलपरासी पूर्वमा ९१ जना, म्याग्दीमा २८ जना रहेका छन् । त्यस्तै तनहुँमा २७ जना, स्याङजामा १६ जना, पर्वतमा ११ जना, गोरखा र लमजुङमा २, २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २५ हजार ९ सय ५३ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप १ सय ४५ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ६ सय ४ रहेको छ । हाल प्रदेशमा ७ हजार ३१ जना कोरोनाका सक्रिय बिरामी छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचाररत थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरामा ९ जना र बाग्लुङमा ४ जना रहेकाछन् ।
योसँगै प्रदेशमा हालसम्म कोरोनाबाट ३ सय १८ जनाको मृत्यु भएको छ । हाल प्रदेशभर ६ हजार ८ सय ६८ जना होम आइसोलेसनमा बसेका छन् ।