गण्डकीसमाचार

पोखरा र तनहुँको रिसिङमा थप १५ जनामा कोरोना संक्रमण

गण्डकी खबर ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८९१ पुगेको छ । शुक्रबार दिउँसो थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका १४ जनामा र तनहुँको रिसिङ गाँउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिकाको वडा नं २ का १ पुरुष, वडा नं ४ का ३ महिला र २ पुरुष, वडा नं ७ का १ पुरुष, वडा नं ८ का १ महिला, वडा नं १० का १ महिला र १ पुरुष, वडा नं ११ का १ पुरुष, वडा नं १४ का १ पुरुष, वडा नं १६ का १ पुरुष, वडा नं १७ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँको रिसिङ गाँउपालिका वडा नं ७ का १ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयको भनाइ छ ।

सबै संक्रमितहरु लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । सबै संक्रमितहरुको आइसोलेसनमा व्यवस्थापना गरिने पनि उहाँको भनाइ छ । पोखरा न्युज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button