गण्डकीसमाचार

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १५ जना कोराेना संक्रमितकाे निधन

गण्डकी खबर । पछिल्लो २४ घण्टामा बाग्लुङका ४ जना र कास्कीका २  जनासहित गण्डकी प्रदेशमा थप १५ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएको छ ।

प्रदेशका ७ जिल्लाका १४ जना र गुल्मीका १ जना संक्रमितकाे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु बाग्लुङका ४ जना कास्कीका २ जना, स्याङजाका १ जना,  तनहुँका २ जना,  नवलपुर पूर्वका २ जना, पर्वतका १ जना र मुस्ताङ जिल्लाका २ जना रहेका छन् ।

त्यसैगरी गुल्मीका १ जनाकाे पनि पाेखरामा उपचारका क्रममा निधन भएकाे छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।

विवरण यस्ताे छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button