गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङको उपस्थितिमा बुधबार मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रदेशमा किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री तथा नरदेवी पुन, रामशरण बस्नेत र विकास लम्साल ले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिनुभएको छ । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) पोखरा भन्दा बाहिर भएकाले सपथमा सहभागी हुनुभएन् ।
यसअघिको सरकारमा एमालेबाट किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास), विकास लम्साल (उद्योग, पर्यटन वन तथा वातावरण) र राजीव गुरुङ (खेलकुद) सम्हालेका चारजना मन्त्रीका रुपमा दोहोरिनुभएको हो ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने तयारी गरेको बताइएको छ । आजै बस्ने मन्त्रीपरिषदको बैठकले मन्त्रालय र जिम्मेवारीको टुंगो लगाउनेछ ।
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भइ आइसोलेसनमा रहेका कारण मन्त्रिमण्डल विस्तारमा बिलम्ब भएको थियो ।