गण्डकीसमाचार

गण्डकी प्रदेशमा १ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

साेमबार कास्कीमा २२१ जना पुरुष तथा २१९ जना महिला गरी ४४० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३ हजार ३६८ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ५४९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४४० सहित म्याग्दीका ५१ जना, स्याङ्जाका २४० जना, बाग्लुङका २ जना, पर्वतका ९२ जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना, नवलपुरका १५६ जना र मुस्ताङका ४४ जना गरी प्रदेशका १० जिल्लामा ८५५ पुरुष तथा ६९४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ८७५ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार २७७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button