गण्डकीसमाचार

गण्डकीका प्रदेशमा १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा २५० जना पुरुष तथा १९५ जना महिला गरी ४४५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३हजार ३९९ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ७३३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४४५ सहित म्याग्दीका ९३जना, स्याङ्जाका ९५ जना, बाग्लुङका ४१६ जना, पर्वतका ११९ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५जना, नवलपुरका १११जना गरी प्रदेशका ९ जिल्लामा ९६०पुरुष तथा ७७३जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ६८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ११८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २७हजार ८२६पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५९४ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button