गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ८४२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा ६२ जना पुरुष तथा ९४ जना महिला गरी १५६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

कास्कीका १५६ सहित म्याग्दीका ३८ जना, स्याङ्जाका ६७ जना, बाग्लुङका ११० जना, पर्वतका ३६ जना, तनहुँका १७ जना, गोरखाका २४० जना, लमजुङका ३७ जना, नवलपुरका ९७ जना गरी प्रदेशका ९ जिल्लामा ३५१ पुरुष तथा ४९१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ५२४ पुगेको छ। पछिल्लो २४ घण्टामा ९५९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ ।

गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६७८ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button