गण्डकीसमाचार

एमाले सरकार जोगाइदिने जनमोर्चाका सांसद थापा पदमुक्त

गण्डकी खबर । गण्डकी प्रदेशमा एमालेको सरकार जोगाइदिने राष्ट्रिय जनमोर्चा (राजमो) गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ ।

बिहीबार राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका हुन् ।

आजै बस्ने प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै थापा पदमुक्त हुनेछन्।​ राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा थापाले हस्ताक्षर नगरेपछि एमालेको सरकार जोगिएको थियो ।

अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

तर, थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button