गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा १६३ जना पुरुष तथा १४० जना महिला गरी ३०३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार ३११ जनाको नमुना परीक्षण गरिएकोमा थप ९०६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ३०३ सहित म्याग्दीका ४७ जना, स्याङ्जाका ९३ जना, बाग्लुङका ७३ जना, पर्वतका ३९ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, मनाङका १५ जना, मुस्ताङका १ जना र नवलपुरका ८५ जना गरी प्रदेशका ११ जिल्लामा ४७५ पुरुष तथा ४३१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार ७४१ पुगेको छ। पछिल्लो २४ घण्टामा १०५३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ ।
गण्डकीमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७२३ पुगेको छ।