गण्डकीसमाचार

तालमा डुबेर २३ वर्षीय युवकको मृत्यु

गण्डकी खबर ।  तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका – २ स्थित सेकुङ तालमा पौडी खेल्ने क्रममा डुबेर म्याग्दीको रघुगंगा गाउँपालिका – १ का अन्दाजी २३ वर्षीय रमेश पुनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सेकुङ स्थित नेत्र प्रसाद राम्जाली पुनको भेडी गोठमा काम गर्ने रमेश मंगलबार भेडा चराउने क्रममा तालमा पौडी खेल्न जाँदा डुबेर हराएकोमा खोजी गर्दा तालको बिच भागमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button