गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ६६३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ४५ जना पुरुष तथा ४६ जना महिला गरी ९१ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार १४४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६६३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९१ सहित म्याग्दीका १७ जना, पर्वतका ३९ जना, गोरखाका ८६ जना, लमजुङका ८९ जना तनहुँका ६९ जना, बाग्लुङका ६० जना, स्याङ्जाका ५१ जना मुस्ताङका ११ जना र नवलपुरका १५० जना गरी प्रदेशका १० जिल्लामा ३३१ पुरुष तथा ३३२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार ४७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १७३३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४० हजार ८५३ पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७९९ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button