गण्डकीसमाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाएनन्

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् ।

विश्वासको मतका लागि गुरुङले राखेको प्रस्तावउपर प्रदेशसभाको बिहीबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरेका हुन् । विश्वास प्राप्त गर्न गुरुङलाई ३१ मत आवश्यक थियो । तर उनले जम्मा २७ मत पाएका छन् । उनको विपक्षमा ३० मत परेको छ ।

यस्तै मत दिन्न भन्ने वा तटस्थमा एक मत परेको छ । दीपक मनांगे सहभागी भएनन् । संसदमा जम्मा ५९ सांसद उपस्थित थिए । प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतका सांसदले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिएनन् ।

गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । यो अंकगणितअनुसार सरकारका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२ र जसपाका दुई, राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । एक जना स्वतन्त्र  छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button