गण्डकीसमाचार

गण्डकीमा नयाँ सरकार बनाउन दिइएको समयसीमा सकिँदै पोखरेल आजै मुख्यमन्त्रीमा नियुक्त हुने

गण्डकी खबर । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज (शनिवार) दिउँसो ३ बजे सकिँदैछ ।

हिजो प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस लगायतका विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ ।

प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङ(दीपक मनाङे)सहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजो नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् ।

नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिनुभएको हो ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य दीपक मनाङेले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।

कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button