गण्डकीसमाचार

मुख्यमन्त्री पदमा गुरुङले असंवैधानिक दावी गरेको भन्दै ३१ सांसद धर्नामा

गण्डकी खबर । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङले असंवैधानिक दावी गरेको भन्दै विपक्षी गठबन्धनका सांसद गण्डकी प्रदेश प्रमुख निवासमा पुगेका छन् ।

आफुहरुले शुक्रबार नै बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष निवेदन पेश गरेकोमा गुरुङले राजनीतिक बेइमानी गर्दै असंवैधानिक तवरले मुख्यमन्त्री पदमा दावी गरेको भन्दै गठबन्धनका ३१ सांसद गण्डकी प्रदेश प्रमुख निवासमा धर्ना दिन पुगेका हुन् ।

आफुहरुको निवेदनअनुसार सरकार गठन हुनुपर्ने माग राखी प्रदेश प्रमुखलाई भेट्न पुगेका विपक्षी गठबन्धनका सांसदलाई प्रदेश प्रमुखको कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

भित्र प्रवेश नपाएपछि उनीहरु अहिले गेटमै धर्ना बसेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button